site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो
तस्बिर : रोयटर्स ।

मस्को । पछिल्लो समय युक्रेनले रुसी सीमाक्षेत्रमा आक्रमण बढाएको छ ।

युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मंगलबार जनाएका छन् । उनका अनुसार, विस्थापितमध्ये लगभग एक हजार मानिस हाल अस्थायी आवास केन्द्रमा बसिरहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्नलगायत न्यूनतम आवश्यकताका सामान प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ,” ग्लेडकोभले भने ।

उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्