राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन ३० गते बुधबार विश्वासको मत लिने भएका छन् । जसका लागि बुधबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त शाहले सोही धाराको उपधारा (४) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्