site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठकमा माग– चुनावअघि गठबन्धन नगर्ने एमालेको ऐक्यबद्धता चाहिन्छ

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा निर्वाचनअघि गठबन्धन गर्ने प्रवृत्ति रोक्नुपर्ने माग भएको छ । शुक्रबार केन्द्रीय समिति बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले चुनावअघि गठबन्धन गर्न नहुनेमा जोड दिएका हुन् ।

एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावअघि गठबन्धन नगर्न एमालेलाइ पनि सहमत गराउनुपर्ने धारणा राखेका थिए ।

“दुई पार्टी मिल्दा राम्रो सन्देश गएन । गलत गतिविधि ढाकछोप गर्न गठबन्धन बनेको भन्ने भाष्य बाहिर गएको छ । एमालेलाई चुनावअघि गठबन्धन नगरौँ भनेर कमिटमेन्ट गराऔँ‚” उनले भने ।

Dabur Nepal
NIC Asia

यस्तै, केन्द्रीय सदस्य गोविन्द शाहीले सयदिने अभियानलाई व्यवहारिक बनाउनुपर्ने बताए । उनले अभियानमा पठाइनेहरूलाई 'इन्चार्ज' शब्द प्रयोग नगर्न पनि आग्रह गरे । “कम्युनिस्ट शब्द भयो भन्नेमा उहाँको आपत्ति थियो‚” ती केन्द्रीय सदस्यले भने ।

बैंठकमा केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले पार्टीमा गुटले चरम सीमा नाघेको बताइन् ।

अर्का केन्द्रीय सदस्य मुक्ता यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीले मधेस प्रदेशलाई प्राथमिकतामा नराखेको गुनासो गरे ।

पार्टीको केन्द्रीय समिति बैठकमा बंगलादेशमा हिन्दु समुदायमाथि 'ज्यादती भएको' विषय पनि उठेको छ । केन्द्रीय सदस्यहरूले यस विषयमा कांग्रेसले संस्थागत निर्णय गरेर बोल्नुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य नैनसिंह महरले बंगलादेशमा हिन्दु तथा अल्पसंख्यकमाथि भइरहेको हिंसात्मक गतिविधिको निन्दा हुनुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य चन्द्र केसीले बंगलादेशमा हिन्दुको अवस्थाबारे कांग्रेस संस्थागतरूपमा बोल्नुपर्ने भन्दै आवाज उठाएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

अर्का केन्द्रीय सदस्य अब्दुल सतारले बंगलादेशकै कुरा ल्याएर नेपालमा मुस्लिम समुदायको अधिकार खोस्ने गरी गतिविधि अघि बढ्ने भन्दै चिन्ता व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro