site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मुम्बईमा चलिरहेको ट्रेनबाट १० यात्री खस्दा एकको मृत्यु, नौजना घाइते

काठमाडौं । भारतको मुम्बईको ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसननजिक एक चलिरहेको लोकल ट्रेनबाट १० यात्री खसेका छन् । तीमध्ये एक व्यक्तिको मृत्यु भएको छ भने नौजना घाइते भएको ठाणे नगर निगमले बताएको छ । घटना सोमबार बिहान करिब ९ः२० बजे भएको बताइएको छ ।

भारतको सेन्ट्रल रेलवेका प्रमुख जनसम्पर्क अधिकारी स्वप्निल धनराज निलाले यो घटनाको बारेमा सञ्चारमाध्यमलाई जानकारी दिँदै भने, “ठाणेको मुम्ब्रा र दिवाको बीचमा यात्रा गरिरहेका आठ यात्री लोकल ट्रेनबाट खसेका छन् । यो जानकारी कसारातर्फ जाँदै गरेको एक लोकल ट्रेनको सुरक्षा गार्डले दिएका हुन् । सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गराइएको छ ।”

Argakhachi Cement Island Ad

जनसम्पर्क अधिकारी स्वप्निलले यो घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनहरूको बीच डाउन/फास्ट लाइनमा भएको बताए ।

उनले भने, “एउटा ट्रेन कसारातर्फ र अर्को सीएसएमटीतर्फ जाँदै थियो । दुवै ट्रेनका केही यात्री फुटबोर्डमा उभिएका थिए र ट्रेनहरू एकआपसमा नजिकैबाट गुज्रँदा उनीहरू खस्न पुगे ।”

स्वप्निलका अनुसार यो ट्रेन एक आपसमा ठोक्किएको घटना नभएर विपरीत दिशामा जाँदै गरेका दुई ट्रेनका फुटबोर्डमा सवार यात्रीहरू एकआपसमा झर्ने घटना हो ।

उनले भने, “दुई ट्रेनहरूबीच सामान्यतया १‍.५ देखि २ मिटरको दूरी हुन्छ, तर ट्रेन मोडमा पर्दा अलिकति झुकिन सक्छ । यही झुकावले गर्दा यो घटना भएको हुन सक्छ ।”
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्