site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव बढ्ने
सुनकोसी नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव सामान्यदेखि उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन इलाम, झापा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, कास्की, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बर्दिया र कैलाली भई बहने केही साना नदीमा बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने अनुमान छ । तर, यी नदीको जलसतह सतर्कता तहनजिक रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

j1-1723173535.jpeg

j2-1723173535.jpeg

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro