site stats
बाह्रखरी :: Baahrakhari
कला
पुनः रिलिज हुँदै ‘काँडेतार’ 

काठमाडौं । चलचित्र ‘काँडेतार’ पुनः रिलिज हुने भएको छ । गत वर्षको फागुन २५ गते रिलिज भएको चलचित्र रि–रिलिज हुने भएको हो । 

अभिनेता तथा निर्माता नवल खड्काको निर्देशनमा निर्माण भएको चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । “अब नेपाल बाहिर रिलिज गर्ने तयारी छ,” नवल बाह्रखरीसँग भन्छन्, “त्यसपछि नेपालमा पुनः प्रदर्शन गर्नेछौँ ।” 

Argakhachi Cement Island Ad

फागुन २५ गते रिलिज हुँदा विभिन्न कारणले दर्शकले हेर्न नपाएको भन्दै उनले पुनः रिलिज गर्न लागेको बताए । 

चलचित्रले नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथा पेस गर्छ । यो चलचित्रलाई विकास बोर्डले स्टोरी बैंकअन्तर्गत १० लाख रुपैयाँ प्रदान गरेको थियो । 

चलचित्रमा निर्देशक खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्