site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जसलाई खुसी पार्न मलाई निकालिन्, उनैले हसिनालाई देश छाड्न बाध्य पारे : तसलिमा नसरीन
तसलिमा नसरीन (बायाँ) र शेख हसिना (दायाँ) । फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशी साहित्यकार तसलिमा नसरीनले त्यहाँकी प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनप्रति टिप्पणी गरेकी छन् । बंगलादेशका इस्लाम कट्टरपन्थीलाई खुसी पार्न विगतमा हसिनाले आफूलाई देश निकाला गरेको उनले उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “हसिनाले इस्लामिस्टलाई खुसी पार्न मलाई देश निकाला गरेकी थिइन् । मृत्युशय्यामा रहेकी आमालाई भेट्न सन् १९९९ मा बंगलादेश गएयता मलाई बंगलादेश प्रवेश गर्न दिइएन । तिनै इस्लामवादी विद्यार्थी आज आन्दोलनमा छन् र हसिनालाई देश छाड्न बाध्य बनाए ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बंगलादेश पनि सैन्यशासन लागु हुने गरी अर्को पाकिस्तान बन्ने हो कि भन्ने उनले चिन्ता व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “शेख हसिनाले राजीनामा दिएर देश छाड्न बाध्य हुनुपर्‍यो । यो अवस्थाका लागि उनी (हसिना) जिम्मेवार छिन् । उनले इस्लामवादीलाई बढ्न दिइन्, भ्रष्टाचारमा सामेल भइन् । अब बंगलादेश अर्को पाकिस्तान नबनोस्, सैन्यशासन लागु हुनु हुँदैन । राजनीतिक दलहरूले लोकतन्त्र स्थापित गर्नुपर्छ र धर्मनिरपेक्षता अपनाउनुपर्छ ।”

विद्यार्थी आन्दोलन चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सोमबार (हिजो) देश छाडेकी थिइन् । उनी भारत आइपुगेकी छन् ।

मुस्लिम धर्मविरोधी साहित्य लेखेको भन्दै तसलिमा नसरीनलाई सन् १९९४ मा बंगलादेशबाट निकाला गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्