site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मिनेसोटाका दुई सांसद दम्पतीमाथि गोली प्रहार, पतिपत्नीले गुमाए ज्यान
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा एक बन्दुकधारीले गोली हानी डेमोर्क्र्याटिक पार्टीकी नेत्री एवं पूर्वसभामुख र उनका पतिको हत्या गरेका छन् । अर्को एक सिनेटर र उनकी पत्नी गम्भीर घाइते छन् ।

गोलीकाण्डमा मिनेसोटाका पूर्वसभामुख स्पिकर मेलिसा होर्टमान र उनका पति मार्क मारिएका हुन् । अर्को आक्रमणमा चाम्प्लिनका सिनेटर जोन हफमन र उनकी पत्नी गम्भीर घाइते भएका अलजजजिराले जनाएको छ ।

५५ वर्षीया डेमोर्क्र्याट नेत्री होर्टमान र उनका पतिमाथि मिनियापोलिसनजिकैको ब्रुकलिन पार्क सहरमा गोली प्रहार गरिएको थियो ।  त्यहाँबाट १५ किलोमिटर टाढा ६० वर्षीय डेमोर्क्र्याट नेता हफमन र उनकी पत्नीमाथि उनीहरूको घरमा धेरैपटक गोली हानिएको थियो । उनीहरू उपचाररत र अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटनालगत्तै संदिग्ध बन्दुकधारी फरार भएका थिए । पछि उनलाई पक्राउ गरिएको अलजजजिराले जनाएको छ ।

अधिकारीहरूले एसोसिएटेड प्रेस (एपी)लाई बताएअनुसार, हत्या आरोपमा ५७ वर्षीय भान्स बोएल्टरलाई पक्राउ गरिएको ।

मिनेसोटाका गभर्नर टिम वाल्जले शनिबार पत्रकार सम्मेलनमा होर्टमान र उनका पति एक राजनीतिक हिंसाको घटनामा मारिएका बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनामा एफबीआई अनुसन्धानमा संलग्न हुने बताएका छन् ।

संदिग्ध व्यक्तिले प्रहरी अधिकारीको भेषमा आएर आक्रमण गरेको बताएका छन् ।

गभर्नर वाल्जले पत्रकारसित भने, “मिनेसोटामा एक अकल्पनीय दुःखद घटना भएको छ । मेरो साथी र सहकर्मी, स्पिकर मेलिसा होर्टमान र उनका पति मार्क आज बिहान एक राजनीतिक प्रेरित हत्यामा मारिएका छन् । हाम्रो राज्यले एक महान् नेता गुमायो ।”

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्