site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेखाले यूएईको प्रो लिग खेल्ने 
रेखा पौडेल (निलो जर्सी) । फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेलले युनाइटेड अरब इमिरेट्स (यूएई)को प्रो लिग खेल्ने भएकी छन् । रेखलाई प्रो लिगको क्लब आवुधावी काउन्ट्रीले अनुबन्ध गरेको हो ।

क्लब र रेखाबीच एक वर्षको सम्झौता भएको छ । उनी आइतबार यूएई पुगेकी थिइन् । मेडिकलमा पास भएसँगै क्लब र रेखाबीच सम्झौता भएको हो ।

रेखाले आवुधावी काउन्ट्रीबाटै एएफसी च्याम्पियन्स लिग खेल्नेछिन् । आवुधावी काउन्ट्री क्लबले पश्चिमी एसियाबाट च्याम्पियन्स लिग खेल्ने तय छ ।

आवुधावी काउन्ट्री यूएई प्रो लिगको साविक विजेता समेत हो । रेखासँग यसअघि भारतीय महिला लिगको अनुभव पनि छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro