site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भविष्यमा हरेक नेताको रोजाइमा खेलकुद मन्त्रालय पर्ने गरी काम गर्छु : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार आयोजना गरेको बधाई तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने बताए ।

भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय पर्ने किसिमले काम गर्ने मन्त्री चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औँल्याए । उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे ।

त्रिपुरेश्वरस्थित मञ्चमा नै आयोजित कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीले मन्त्री चौधरीलाई स्वागत तथा बधाई दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro