site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानले चाँडै इजरायलमा आक्रमण गर्ने अमेरिकी आँकलन

वासिंटन । अमेरिकाले इरानका तर्फबाट चाँडै इजरायलमाथि आक्रमण हुन सक्ने आँकलन गरेको छ ।

यसैबारेमा छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वको अवस्थाका बारेमा छलफल गर्न राष्ट्रिय सुरक्षा टोलीलाई ‘सिचुएसन रुम’मा छलफलका लागि सोमबार बोलाएका छन् ।

बाइडेनले आजै जोर्डनका राजा अब्दुल्लाहसँग पनि कुरा गर्ने ह्वाइट हाउसले जनाएको छ । सो कुराकानी जोर्डनका विदेशमन्त्री आइमान सफाडीले इरान भ्रमण गरेको भोलिपल्ट हुन लागेको हो ।

अमेरिकाले अन्य साझेदारहरू फ्रान्स, बेलायत, इटाली, इजिप्टसँग पनि मध्यपूर्वमा युद्ध टार्नका लागि कुरा गरिरहेको बताइएको छ ।

यसैक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लेंकनले जी ७को बैठकमा आइतबार इरानले इजरायलमा आगामी २४ देखि ४८ घण्टामा आक्रमण सुरु गर्न सक्ने जनाएको एक्सियोसले स्रोतलाई उल्लेख गर्दै जनाएको छ ।

ब्लिंकेनले त्यतिबेला इरानी आक्रमण कुन समयमा हुन्छ भन्नेबारेमा भने जानकारी नभएको तर, यो सोमबार सुरु हुन सक्ने जनाएका छन् ।

जी ७ले मध्यपूर्वमा युद्ध फैलिन नदिन धैर्यताका लागि सबैलाई आग्रह गरेको छ । इरानले हालै हमासका नेता इस्माइल हानियाको तेहरानमा हत्या गरिएपछि इजरायलले कठोर सजाय पाउने चेतावनी दिएको थियो । एजेन्सी

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro