देश
काठमाडौं । ताप्लेजुङमा आइतबार (आज) भूकम्पको धक्का महसुस गरिएको छ ।
अपराह्न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
केन्द्रका अनुसार, यो परकम्प होइन ।
यसअघि, यही साउन १२ गते ताप्लेजुङकै खेन्जिम आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ १८:००
प्रतिक्रिया दिनुहोस्