site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।  

जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसद्मै आफू दुई वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टि गर्ने तर्क गरे । तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको उनको भनाइ थियो । वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताए । यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उनको छ । 

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro