site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब इटालियन बक्सरले ४६ सेकेन्डमै रिङ छोडिन्...  
Tiktok banner adTiktok banner ad

काठमाडौं । इटालियन बक्सर एन्जेला कारिनीले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत बक्सिङ प्रतिस्पर्धा ४६ सेकेन्डमै छोडेकी छन् । अल्जेरियन बक्सर इमान खेलिफसँग प्रतिस्पर्धामा उत्रिएकी कारिनीले खेल सुरु भएको ४६ सेकेन्डमै रिङ छोडेकी हुन् ।

अल्जेरियन बक्सर खेलिफ गतवर्षको महिला विश्व च्याम्पियनसिपमा महिला प्रमाणित गर्न आवश्यक मापदण्ड पूरा गर्न असफल भएपछि उनलाई आयोजकले अयोग्य ठहर गरेको थियो । 

च्याम्पियनसिपमा अयोग्य ठहर भएका खेलिफ र अर्का एक एथलिटले हाल पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् । भारतमा भएको च्याम्पियनसिपमा खेलिफको टेस्टोस्ट्रेरोनको मात्रा बढी पाइएपछि उनलाई अयोग्य ठहर गरिएको थियो । तर, टोकियो ओलम्पिकमा पनि प्रतिस्पर्धा गरेका खेलिफलाई बिहीबारको खेलअघि अल्जेरियन समर्थकले राम्रो स्वागत गरेका थिए । 

खेल सुरु भएको ३० सेकेन्डमै खेलिफले प्रहार गरेको मुक्काका कारण कारिनीले रिङको कुनामा प्रशिक्षकसँग सहायताका निम्ति पुगेकी थिइन् । पुनः खेल सुरु भएको केही समयपछि कारिनी फेरि रिङको कुनामा आइपुग्छिन् । खेलअघि नढाउने निर्णय गर्छिन् । 

तर, रेफ्रीले विजेताको रुपमा खेलिफको हात उठाउनुअघि कारिनीले रिङमै ‘यो सही नभएको’ बताएकी थिइन् । रिङमै भावुक बनेकी कारिनीले खेलपछि सञ्चारमाध्यमसँग आफ्नो जीवन जोगाउन खेल त्यागेको बताइन् । 

“म खेलको पूरा समयसम्म टिक्न सकिनँ । मैले मेरो नाकमा गहिरो दुखाई महसुस गरेँ । मैले मेरा लागि खेलअघि नबढाउने निर्णय गरे । यो मेरा लागि जीवनभरको खेल बन्न सक्थ्यो । तर, मैले मेरो जीवन जोगाउनु पर्ने थियो,” खेलपछि कारिनीले भनिन् । 

कारिनीको यस घटनाबारे इटालियन प्रधानमन्त्रीले पनि प्रतिकृया जनाएकी छन् । “समानताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने कुराले महत्व राख्छ । मेरो विचारमा यो कुनै प्रतिस्पर्धा नै थिएन,” इटालियन प्रधानमन्त्री जर्जिया मेरोनीले भनिन् । खेलिफले भने आफू पेरिस ओलम्पिकमा स्वर्णका लागि आएको बताइन् । 

“म यहाँ स्वर्णका लागि छु । म सबैसँग प्रतिस्पर्धा गर्छु,” उनले भनिन् । अल्जेरियाको ओलम्पिक कमिटीले पनि खेलिफाविरुद्धको प्रतिकृया ‘आधारहीन’ भएको बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro