काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)मा १७ केन्द्रीय सदस्य थपिएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यस्तै, बैठकबाट एमाले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरिएको छ ।
यी हुन् थपिएका केन्द्रीय सदस्य–
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – राैतहट
३. जितेन्द्र देव – सुनसरी
४. रामपृत राम – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. हरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७. आशा जवेगु – पाँचथर