राजनीति

काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरिएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकबाट उनलाई उपाध्यक्षमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो ।
यस्तै, एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ ।
सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले बताए ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १६:१८
प्रतिक्रिया दिनुहोस्