site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडित बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गर्ने क्रममा उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

सडक बत्ती र सीसीटीभीको व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको उनले उल्लेख गरे । काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथलगायत अधिकांश मूल सडकमा जडित बत्तीहरूको बिल समेत स्थानीय सरकारलाई थोपरिएको उनले गुनासो गरे । केन्द्रीय र प्रदेश सरकार मातहतका सडक तथा आयोजनामा जडित बत्तीको महसुलको विषय संघ र प्रदेश सरकारकै दायित्वभित्र पर्ने उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले पालिका मातहतका सडक, सम्पदा, पर्यटकीय र सार्वजनिकस्थलमा जडित विद्युत्को महसुल भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा झैँ विद्युत् काटिदिन सक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए । उनले विद्युत् काटिए आन्दोलन सुरु गर्ने बताए ।

मेयर चिरिबाबु महर्जनको भनाइ पढ्नोस्–
आर्थिक वर्ष २०८०/२०८१ सम्मको बिजुली बत्तीको तिर्नुपर्ने पैसा कहिलेदेखि सुरु भयो भन्ने थाहा नै छैन । यति पैसा ‘ललितपुर महानगरपालिकाले तिर’ भन्यो, यति पैस ‘चन्द्रागिरिले तिर’ भनेको छ । त्यति त तिर्न पनि सक्दैनौँ हामी । तिरेकै खण्डमा पनि भोलि त्यो बेरुजु निस्किन्छ । कथम् कदाचित यदि यो काठमाडौं उपत्यकाभित्रको स्थानीय पालिकाहरूले अहिले जुन रफ्तारमा काम गरिरहेको छ, कहिलेदेखिको बिजुलीको बत्तीको शुल्क तिर्ने भन्ने कुराको डिफाइन गरिएको छैन । त्यो कुरालाई लिएर गएको आर्थिक वर्ष २०८०/०८१ सम्मको हामीले सबैलाई तिर्न नपर्ने गरिदिने र त्यसपछि हामी पैसा तिर्छौँ । तर, तिर्ने फर्म्याट के त ? ६० प्रतिशत हामी तिर्छौँ, ४० प्रतिशत सरकारले तिर्नुपर्छ । पछिल्लो कालखण्डमा गएर केही बत्तीहरू काटेको सुन्नमा आयो । त्यसपछि प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका थियौँ । यसलाई टुंग्याइदिनुपर्छ । सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटेजस्तै हामीतिर पनि काट्यो भने लडाइँ हुन्छ, यो त राम्रो हुँदैन । हामीले जे जति काम गरिरहेका छौँ, संघीय सरकारको फेस सेभिङ काम गरिरहेका छौँ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro