site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा छिमेकीबीच 'ग्याङ फाइट', खुकुरी प्रहारबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी–छिमेकीबीच 'ग्याङ फाइट' हुँदा एकजनाको मृत्यु भएको छ । विवादका क्रममा खुकुरी प्रहार हुँदा ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइते भएका छन् ।

घाइेत हुनेमा पोडेटोल घर भएका ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षीय अमृत पुजारी छन् । उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न चार पुरुष र तीन महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रविन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टीकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् ।

उनीहरूलाई प्रहरी वृत सोह्रखुट्टेमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एउटा खुकुरी पनि बरामद गरेको छ ।

प्रहरीले घटनाबारे अुनसन्धान थालिएको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro