site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक : शीर्ष स्थानमा जापान कायमै, पछ्याउँदै फ्रान्स र चीन

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को चौथो दिन पनि जापान पदक तालिकाको शीर्ष स्थानमा कायम छ । गएको शनिबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु ओलम्पिकमा जापानले हालसम्म ६ स्वर्णपदक जितेको छ । रजत र चार कास्यसहित जापानले कुल १२ पदक जितेको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको फ्रान्सले पाँच स्वर्ण जितेको छ । फ्रान्सले आठ रजत र तीन कास्यसहित कुल १६ पदक जितेको छ ।

तेस्रो स्थानको चीनले पनि पाँच स्वर्ण, पाँच रजत र दुई कास्यसहित १२ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले पाँच स्वर्ण र चार रजतसहित नौ पदक जितेको छ ।

तालिकाको पाँचौँ स्थानमा दक्षिण कोरिया छ । दक्षिण कोरियाले पाँच स्वर्ण, तीन रजत र एक कास्यसहित नौ पदक जितेको छ । छैटौँ स्थानको अमेरिकाले तीन स्वर्ण, आठ रजत र नौ कास्यसहित २० पदक जितेको छ । सातौँ स्थानको बेलायतले दुई स्वर्ण, पाँच रजत र तीन कास्यसहित १० पदक जितेको छ ।

प्रतियोगिताको चौथो दिन आइपुग्दा १७ देशले स्वर्णपदक जितेका छन् । २४ देशले रजत र ३६ मुलुकले कास्यपदक जितेका छन् ।

p1-1722320381.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro