site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपडेट : पोखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

पोखरा । कास्कीको पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । एक विद्यार्थी र विद्यालयमा सहयोगीका रूपमा कार्यरत महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ ।

पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको ग१क ६२१९ नम्बरको बस दुर्घटना भएको थियो । पोखरा–२१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा बस दुर्घटना हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।

Dabur Nepal

उक्त दुर्घटनामा घाइते भई गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–२१, रामादीका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । प्रहरीका अनुसार, सोही विद्यालयमा सहयोगीका रूपमा कार्यरत ३३ वर्षीया आरती विकको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनीहरू आमाछोरा हुन् ।

दुर्घटनामा अरू २८ जना घाइते छन् । गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro