site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भक्तपुर । टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा काभ्रेपको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुवाश तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार काठमाडाैंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको हो ।

मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जीव थापामगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिएको छ । रासस
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro