site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिस ओलम्पिक : पुरुष फुटबलमा अर्जेन्टिनाको पहिलो जित, स्पेन नकआउट चरणमा निश्चित

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । शनिबार अर्जेन्टिनाले समूह ‘बी’को खेलमा एसियाली प्रतिद्वन्द्वी इराकलाई ३–१ ले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन थियागो अल्माडा, लुसियानो गोन्डोउ र इजेक्वियल फर्नान्डेजले गोल गरे । इराकका अयुमेन हुसैनले एक गोल फर्काएका थिए ।

खेलको १३औँ मिनेटमा अल्माडाको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा हुसैनले गोल गर्दै इराकलाई खेलमा फर्काए ।

दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । ६२औँ मिनेटमा गोन्डोउले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रतामा राखे । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाले ३–१ को जित निकालेको हो ।

पुरुष फुटबलमा अर्जेन्टिनाको यो पहिलो जित हो । अर्जेन्टिना यसअघि पहिलो खेलमा मोरोक्कोसँग २–१ ले पराजित भएको थियो । जितसँगै समूहमा दुई खेलबाट तीन अंक जोडेको अर्जेन्टिनाले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ ।

स्पेन ३–१ डोमिनिक रिपब्लिक
शनिबार नै भएको समूह ‘सी’को खेलमा स्पेनले डोमिनिक रिपब्लिकविरुद्ध ३–१ को जित निकालेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको स्पेनले नकआउट चरणमा स्थान निश्चित गरेको छ ।

समूहमा दुई खेल खेल्दा स्पेनले ६ अंक जोडेको छ । समान खेलबाट एक अंकको डोमिनिक रिपब्लिक तालिकाको तेस्रो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro