site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल निर्माण उद्योग परिषद्ले गर्‍यो मौद्रिक नीतिको स्वागत

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले सहज व्यवसायको वातावरण बन्ने गरी मौद्रिक नीति ल्याइएको भन्दै स्वागत गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माणका साथै समग्र वित्तीय क्षेत्र संकटमुक्त भई व्यवसाय गर्न सहज हुने गरी मौद्रिक नीति ल्याइएको भन्दै स्वागत गरेको हो ।

वर्तमान सरकारको पहलमा नेपाल राष्ट्र बैंकले समस्या समाधान हुने गरी मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना माग सम्बोधन गरेको भन्दै परिषद्ले धन्यवाद समेत दिएको छ । चेक तथा जमानत जफत गरी कालोसूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए । संकटग्रस्त निर्माण व्यवसाय पुनः लयमा फर्कन मौद्रिक नीति कोसेढुंगा साबित हुने उनको भनाइ थियो ।

उनले निर्माण क्षेत्रसम्बन्धी आफूहरूका केही माग यसअघि नै सरकारसमक्ष राखेको उल्लेख गरे । ती माग पनि सरकारले सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro