site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
किन दुई घण्टा रोकिएको थियो अर्जेन्टिना र मोरोक्कोबीचको खेल ?
SkywellSkywell

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको एउटा घटना अहिले विश्वभरका सञ्चारमाध्यममाझ मुख्य चर्चाको विषय बनेको छ । 

प्रतियोगिताको पहिलो दिन बुधबार अर्जेन्टिना र मोरोक्कोबीचको खेल फुटबल इतिहासकै सबैभन्दा विवादास्पद र अनौठो बन्यो । खेलमा अर्जेन्टिनाले इन्जुरी समयको अन्तिम मिनेटमा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्री (भार)ले दुई घण्टापछि खारेज गर्दै नतिजा मोरोक्को पक्षमा भएको जनाएपछि यसले विश्वभर सनसनी मच्चाएको हो । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको पहिलो खेलमा मोरोक्कोले अर्जेन्टिनाविरुद्ध ५० मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । मोरोक्कोबाट पहिलो हाफको इन्जुरी समयमा सौफियने रहिमीले पहिलो गोल गरेका थिए । ४९औँ मिनेटमा रहिमीले नै पेनाल्टीमा गोल गरेपछि मोरोक्कोले सन् २००८ को ओलम्पिक स्वर्ण विजेता अर्जेन्टिनाविरुद्ध २–० को अग्रता बनाएको थियो । तर, ६८औँ मिनेटमा गुइलियनो सिमोनेले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अवस्थामा फर्काए । 

यसपछि खेलको निर्धारित समयसम्म गोल हुन नसक्दा रेफ्रीले १५ मिनेटको इन्जुरी समय थप गरेका थिए । सोही इन्जुरी समयको अन्तिम मिनेटमा क्रिस्टियन मेडिनाले गोल गरेपछि अर्जेन्टिनाले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै खेलमा पुनरागमन गरेको थियो । 

मेडिनाको गोलपछि उत्तेजित बनेका मोरोक्कोका समर्थक मैदानमा प्रवेश गरेका थिए । त्यसपछि अर्जेन्टिनाका खेलाडीमाथि विभिन्न वस्तुहरू प्रहार हुन थालेपछि खेललाई रेफ्रीले स्थगित गर्ने निर्णय गरेका थिए । तर, खेल स्थगित भएको सूचना नबाहिरिँदा विश्वभरका सञ्चारमाध्यममा खेल २–२ को बराबरीमा समाप्त भएको समाचार आएको थियो । 

आयोजकले खेल स्थगित गरेपछि रंगशालाका सबै दर्शक बाहिर निस्किए । तर, खेलको अन्तिम ह्विसिल बजिनसकेको हुँदा करिब दुई घण्टापछि खेल पुनः सुचारु भयो । खेल सुचारु हुनासाथ भिडियो असिस्टेन्ट रेफ्री (भार)ले मेडिनाको उक्त गोल अफसाइड भएको भन्दै खारेज गरिदिए । पुनः सुरु हुँदा अर्जेन्टिना र मोरोक्कोले तीन मिनेट खाली रंगशालामा खेले । तर, अर्जेन्टिनाको दोस्रो गोल खारेज हुँदा खेल मोरोक्कोले २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो । 

करिब दुई घण्टा रोकिएपछि गोल खारेज हुँदा अर्जेन्टिनाका प्रशिक्षक हाभियर मास्चेरानो आक्रोशित बने । “मैले मेरो जीवनमै देखेको यो सबैभन्दा ठूलो सर्कस हो,” खेलपछि अर्जेन्टिनी प्रशिक्षकले भने । यस्तै, अर्जेन्टिनाका स्टार लियोनल मेसीले पनि इन्स्टाग्राममा ‘असामान्य’ भएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu