site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सीताले दिलाइन् नेपाललाई पहिलो सफलता
SkywellSkywell

काठमाडौं । एसीसी एसिया कपमा भारतविरुद्ध नेपालकी सीता रानामगरले पहिलो सफलता दिलाएकी छन् ।

श्रीलंकाको धमुल्लामा टस हारेर फिल्डिङमा आएको नेपालले १३.६ ओभरमा भारतको पहिलो विकेट लिएको हो । नेपालकी सीताले भारतकी ओपनर दयालान हेमालथालाई रुविना क्षेत्रीबाट क्याच गराइन् । हेमालथाले भारतको स्कोरबोर्डमा ४७ रन बनाइन् ।

Dabur Nepal
NIC Asia

हेमालथाले पहिलो विकेटका लागि सिफाली वर्मासँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाइन् ।

जारी खेलको १५ ओभर समाप्त हुँदा भारतले एक विकेट गुमाएर १३१ रन बनाएको छ ।

महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेतासमेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

समूह ‘ए’बाट भारत यसअघिका दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समान खेलबाट दुई अंकको नेपाललाई भने सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ ।

भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu