site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुखद अन्त्यको लक्ष्यमा नेपाली भलिबल टिम 
Dabur Nepal
NIC Asia

काठमाडौं । रुसी टिमसँगको दोस्रो मैत्रीपूर्ण भलिबलका निम्ति मैदान उत्रिँदा नेपाली राष्ट्रिय महिला भलिबल टिम जितसहित सुखद अन्त्य लक्ष्यमा हुनेछन् । 

रुसी टिमसँग यसअघि पहिलो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो । उक्त खेलमा नेपालले २५–१७, २५–१९, २५–१५ को हार व्यहोरेको थियो । यी दुई टिमबीचको दोस्रो खेल आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा हुनेछ । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ । 

नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारीस्वरूप रुसको टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल नेपालस्थित रुसी दूतावासको सहयोगमा भएको हो । साउन १७ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro