site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणको बैठक निष्कर्षविहीन, कुलमान भन्छन्– निर्णय नभएसम्म उद्योगमा लाइन जोडिँदैन 
फाइल तस्बिर ।

काठमाडौं । काटिएका ६ वटा उद्योगको लाइन जोड्ने विषयमा सोमबार बिहान बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोड्नका लागि सोमबार बिहान बैठक बसेको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बाह्रखरीले टेलिफोनमार्फत ‘काटिएका उद्योगमा लाइन जोड्ने निर्णय भएको हो ?’ भन्ने प्रश्न गर्दा हालसम्म त्यस्तो कुनै निर्णय नभएको जानकारी दिए । “बिहान बैठक थियो, तर लाइन जोड्ने निर्णय भएको छैन,” उनले भने ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्म कुनै निर्णय नभएको बताए । “निर्णय भएको छैन । हामी निर्णय नभएसम्म लाइन जोड्दैनौँ,” उनले भने ।

यसअघि, शुक्रबार बसेको प्राधिकरण बैठकले पनि लिखित पत्र नआएसम्म लाइन नजोड्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro