site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद्का घटनामा १३० जनाको मृत्यु, ९ बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । वर्षाका कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिराेलगायत विपद्जन्य घटनामा परी आइतबार दिउँसोसम्म १३० जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा दुई जना, कोसी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, वाग्मती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जनाको मत्यु भएको छ । 

Dabur Nepal
NIC Asia

लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौजना गरी जम्मा १३० जनाको मृत्यु भएको छ । 

बाढी पहिराकै कारण काठमाडौं उपत्यकामा नौजना, कोसी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौजना, वाग्मती  प्रदेशमा सातजना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौजना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४४ जना घाइते भएका छन् । 

बाढी पहिराेमा परी कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, वाग्मती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक,  लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एकजना गरी नौ जना बेपत्ता भएका प्रवक्ता कार्कीले बताए । 

प्रवक्ता कार्कीले भने, “बाढीका कारण जम्मा १८२ घर डुबानमा परेका छन् । २२९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।” 

बाढीपहिराे कै कारण आइतबारसम्म ५८९ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ९९८ घरपरिवार विस्थापित भएका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro