site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुर महानगरले प्रयोगमा ल्यायो १०६ वर्ष पुरानो दमकल

पाटन ।  ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्न महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले ४२ वर्षदेखि यसको पार्टस नपाएका कारण थन्काएर राखे पनि अहिले अमेरिकाबाट पार्टसहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए ।  

Dabur Nepal
NIC Asia

पुरानो ऐतिहासिक दमकलको चक्काहरू कहिले पनि पञ्चड नहुने र सिसाहरू पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले बताए ।  

 यो दमकल बेलायतले उपहार दिएकामध्येकै एक हो । त्यतिबेला बेलायतले तीनवटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको यो दमकल अब नियमित प्रयोगमा आउनेछ । योसँगै महानगरमा दमकलको संख्या सात पुगेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro