site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अध्ययनरत १७ विद्यार्थी आज नेपाल फर्कँदै
बंगलादेशमा चर्किएको कोटाविरोधी आन्दोलन । फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशमा अध्ययनरत १७ विद्यार्थीलाई आज नेपाल ल्याइँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आज काठमाडौं ल्याइने बताएका हुन् ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने ती विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताए ।

"बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ," प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।

बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro