site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा पनि देखियो माइक्रोसफ्टको समस्या, क्लियरिङ हाउसका कम्प्युटर डाउन

काठमाडौं । विश्वभर कम्प्युटर नेटवर्क डाउन भइरहँदा नेपालमा समेत समस्या देखिएको छ । माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लू स्क्रिन अफ डेथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

पेमेन्ट र सेटलमेन्ट क्लियर गर्ने सरकारी वित्तीय संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का कम्प्युटहरूमा समस्या देखिएको हो ।

Dabur Nepal

एनसीएचएलका सीईओ निलेसमानसिंह प्रधानले केही कम्प्युटरमा समस्या देखिएको बताए । साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकको फाल्कोन क्राउडस्ट्राइक नामक एन्टिभाइरस सफ्टवेयर प्रयोग भएका कम्प्युटर डाउन भएको उनले बताए ।

अन्य कारोबारसम्बन्धी काममा कुनै समस्या नभए पनि प्रयोगकर्ताले काम गर्न नपाएको उनको भनाइ छ ।

“विश्वभर झैँ हाम्रो पनि केही कम्प्युटरमा समस्या देखिएको छ । फाल्कोन क्राउडस्ट्राइक एन्टिभाइरस सफ्टवेयरमा अपडेट आएपछि यो समस्या आएको देखिन्छ,” एनसीचएलका सीईओ प्रधानले भने ।

एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि त्यसको प्रयोग गरिएका कम्प्युटरमा समस्या आइरहेको बताइएको छ ।

यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौँ देशमा विमानस्थल, बैंक, अस्पताल, यातायात, लगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro