site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले 'एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार' नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ अन्तर्गत लगानी प्रवर्द्धन तथा सुनिश्चितता सत्रलाई सम्बोधन गर्दै एनआरएनएको तत्परता मुलुकको समृद्धिसँग जोडिएको बताए । "लगानी गर्छु एनआरएनएहरूले भन्ने, लगानी गर्नुस् सरकार भन्ने । तर विभिन्न खालका जटिलता बाधकका रूपमा छन् । तिनीहरूलाई निरुपण गर्नुपर्नेछ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री भण्डारीले लगानीको प्रवर्द्धन सरकारको प्राथमिकता भएको बताए । "लगानीको क्षेत्र पहिचान भएको छ । यतिबेला त्यसलाई अझ अनुकूल वातावरण गर्न सकिन्छ । आकर्षण कसरी गर्न सकिन्छ । आन्तरिक प्रवर्द्धन गर्न सकिन्छ । अनुकूलता र प्रतिकूलता छन् । त्यसमा समाधान निकाल्नुपर्नेछ," उनले भने, "त्यसकारण सम्भावना हामीसँग छ । तर त्यसलाई कार्यान्वयन गर्न जटिल छ । सरकारले अहिले केही लगानीका वातावरण बनाउन खोजेको छ । तर प्रक्रियामा झेलिएको छ ।"

एनआरएनको सहजताका लागि संसद्ले कानुन चाँडै बनाउने उनले विश्वास दिलाए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २३:२२
प्रतिक्रिया दिनुहोस्