site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी !
SkywellSkywell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार (आज) बिहान बस्ने भएको छ । बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ । 

राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

KFC Island Ad
NIC Asia

तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति केही पर सर्नसक्ने स्रोतको भनाइ छ । यद्यपि, आजै दिउँदो अर्को बैठक बोलाएर सुझाव लिने र त्यसपछि मौद्रित नीति सार्वजनिक गर्ने तयारी छ । 

“राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम गरिरहेको छ,” राष्ट्र बैंक स्रोतले बाह्रखरीसित भन्यो, “तर, कुनै सदस्यले केही राय राख्न चाहनुभयो भने अर्काे हप्ताका लागि समय तोकिन सक्छ ।”

Royal Enfield Island Ad

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro