site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘भिजिट भिसा’मा दुबई हुँदै कुवेत पुर्‍याए, बन्धक बनाएर चरम शोषण गरे
SkywellSkywell

काठमाडौं । ‘भिजिट भिसा’मा कुवेत पुर्‍याएर बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भनिने झयन्द्रकुमार अधिकारी पक्राउ परेका छन् ।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । 

Dabur Nepal
NIC Asia

अधिकारीले पीडितलाई दुबईमा मासिक ४० हजार रुपैयाँ तलब हुने काममा लगाइदिने प्रलोभन देखाएका थिए । उनले पीडितबाट दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पीडितलाई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा विसं २०७९ जेठ १६ गते दुबई पुर्‍याएर बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाएर चरम श्रम शोषण तथा यौन शोषण गरी गर्भपतन गराएको पाइएको छ ।

“यूएईमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनी प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ,” प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।” 

अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu