site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा कोटेश्वरबाट दुईजना गेस्टहाउस सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा कोटेश्वरको एक गेस्टहाउसका दुईजना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का ३२ वर्षीय नवीन थापा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का १९ वर्षीय उज्वल खड्का छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंको कोटेश्वरस्थित रामेछाप खाजाघर एन्ड गेस्टहाउसबाट पक्राउ गरेको हो ।

Dabur Nepal
NIC Asia

ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले परिवर्तित नाम २६ बबरमहल (३३२) सहितका बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार उनीहरूले गेस्टहाउसमा बालिकाहरूलाई शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५०० रुपैयाँ दिने प्रलोभन देखाउँथे । तर, उनीहरूले ग्राहकबाट चारदेखि पाँच हजार रुपैयाँसम्म लिएर वेश्यावृत्तिमा लगाउँथे ।

उनीहरूले विभिन्न ग्राहक खोजेर नाबालिकाहरूमध्ये एक जनालाई छान्न लगाएर गेस्टहाउसमा रहेका कोठामा राखेर ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको ब्युरोले जनाएको छ ।

उनीहरूले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्तलगायत साथीहरूलाई भनिदिने भनेर डर देखाएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको छ ।

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले गेस्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्धार गरेको छ ।

अभियुक्तहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro