site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कसरी आइरहेछ विमानस्थल सुरक्षा पार गर्दै किलोका किलो कोकिन ? 
SkywellSkywell

काठमाडौं । काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार ठमेलको एक होटलबाट मलेसियन ४७ वर्षीय महिला बथुमलाई भादिभालूलाई पक्राउ गर्‍यो । उनको साथबाट प्रहरीले आगूऔषध कोकिन पाँच किलो ८२० ग्राम बरामद गरेको थियो ।

उक्त कोकिन नेपाली मूल्य २० करोड ३७ लाख रुपैयाँ पर्ने अनुमान काठमाडौं प्रहरी परिसरका एसएसपी बसन्त रजौरेको छ ।  मलेसियाबाट लाओस र थाइल्यान्ड हुँदै बथुमलाई नेपाल भित्रिएकी थिइन् ।

उनलाई प्रहरीको टोलीले ठमेलको सिटी होटलबाट पक्राउ गरेको हो । उनले ६ वटा स्कुल ब्यागभित्र प्याक भएका कोकिन ल्याएको खुलेको छ । उनीमाथि प्रहरीले थप अनुन्धान जारी राखेको छ । यसअघिसमेत उनी पटक–पटक त्यहीँ ट्रान्जिट पारेर नेपाल आएको खुलेको छ ।

Dabur Nepal
NIC Asia

त्यसको एक दिनपछि फेरि प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कतार हुँदै काठमाडौं भित्रिएका नाइजेरियन इक्केचुवा केरल र भारतीय फहिमदिन अन्सारीलाई फक्राउ गरेका छ ।

उनीहरूमध्ये भारतीय नागरिकलाई ठमेल र नाइजेरियन नागरिकलाई पिङ्गलास्थानबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट एक किलो एकसय ग्राम कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी प्रेम शाहीले जानकारी दिए ।

ब्युरोले बरामद गरेको कोकिनको मूल्य तीन करोड ८५ लाख रुपैयाँ पर्ने जानकारी शाहीले दिए ।
 
चार वर्षमा करिब ५० किलो बरामद

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले नेपाल लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट रहेको देखाएको छ ।

अनेक मुलुक हुँदै काठमाडौं भित्रिने खैरो हेरोइनदेखि कोकिनसम्म प्रहरीले बरामद गर्दै आएको छ । यो वर्षमा मात्रै ब्युरोको टोलीले ८ किलो कोकिन बरामद गरेको छ । त्यस्तै काठमाडौं प्रहरीले करिब ६ किलो कोकिन बरामद गरेको हो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/२०८० मा ब्युरोको टोलीले १५ किलो बरामद गरेको थियो । त्यस्तै २०७८/२०७९ र त्यसअघिका वर्षमा तीन किलो तथा आर्थिक वर्ष २०७६/२०७७ मा १५ किलो कोकिन बरामद भएको तथ्यांक ब्युरोसँग छ ।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार, कोकिन पेरु, कोलम्बिया, ब्राजिल, बोलिभिया, इथियोपिया हुँदै नेपाल आउने र नेपाल हुँदै भारतदेखि अन्य युरोपियन देशमा समेत जाने गरेको छ ।

त्यसरी बरामद भएको कोकिन कारोबारमा अधिकांश अफ्रिकीमूलका महिला प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।

कसरी हुन्छ नेपालमा बरामद ?

लागुऔषध कारोबार नियन्त्रण गर्न संसारभर चुनौती बन्दै गएको छ । संगठित अपराधमध्ये लागुऔषध कारोबारको अनुसन्धान गर्न संसारभरकै प्रहरीका लागि चुनौती हुने गरेको छ ।

दर्जनौँ लेयर खडा गरेर तथा अन्तरदेशीय अपराध भएका कारण लागुऔषध तस्करीको कारोबारमा मुख्य कारोबारीसम्म प्रहरी पुग्नै सक्दैन । खैरो हेरोइन र कोकिन तस्करीका भरियामात्रै पक्राउ पर्छन् । अनेक देशका विमानस्थल सजिलै पार गर्दै आएका ती भरिया काठमाडौंमा चाहिँ पक्राउमा पर्छन् ।

त्यस्ता तस्कार भरियाहरू अरु देशको विमानस्थलको सुरक्षा जाँच कसरी पास गर्छन् ? यो प्रश्न उठ्दै आएको छ । 

प्रहरी स्रोतका अनुसार, तस्करबारेको सूचना अन्य देशका प्रहरीले नै ब्युरोलाई उपलब्ध गराउँदै आएको छ । उनीहरूले आफ्नो देशमा पक्राउ गर्दा सुरक्षा र देशको इज्जतसँग जोडिने हुँदा आफ्नो देशमा पक्राउ नगरी नेपाल प्रहरीलाई सूचना दिने गरेका हुन् ।

ती अधिकारी भन्छन्, ‘‘किलोका किलो ल्याएर संसारकै सुरक्षति भनिने दुबई, थाइल्याण्डका विमानस्थल हुँदै कोकिन नेपाल भित्रिनुमा रहस्यमय छ । ती देशका प्रहरी आफ्नो देशमा पक्राउ नै गर्न चाहँदैनन् । बरु नेपालमै पक्राउ परुन् भनी छाडेको देखिन्छ । जसले नेपालको छविलाई असर गरेको छ ।’


के हो कोकिन ?

कोकिन एक प्रकारको कडा खालको लागुऔषध हो । कोका विरुवाको पातलाई रासायनिक प्रशोधनबाट उत्पादन गरिने कोकिन मंहगो लागुऔषधका रूपमा प्रयोग गर्ने प्रयोगकर्ताहरूले सेवन गर्ने गर्छन् । कोकिनको सेवनले मानिसमा अनावश्यक सक्रिय देखाउने र उत्तेजित गराउने काम गर्छ । कोकिन पेरु, कोलम्बिया, ब्राजिल, बोलिभिया, चिली र दक्षिण अमेरिकाको पहाडी र जंगल क्षेत्रमा उत्पादन हुन्छ ।

यसको मूल्य भारतीय बजारमा प्रतिग्राम तीन हजारदेखि पाँच हजार भारु पर्ने प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu