site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी सभामुखले मागे सेक्रेट सर्भिसका प्रमुखको राजीनामा
डोनाल्ड ट्रम्प ।

वासिङटन । अमेरिकी संसद्का सभामुख माइक जोहन्सन र अरू वरिष्ठ रिपब्लिकनले अमेरिकाको सेक्रेट सर्भिसका निर्देशक किम्बर्ली चियटललाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

गएको शनिबार पेन्सिलभानियामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरिएको थियो । त्यहाँ सुरक्षा दिन नसकेको भन्दै सेक्रेट सर्भिसका प्रमुखको राजीनामा मागिएको हो ।

गोली हान्ने व्यक्ति कसरी कार्यक्रमस्थलभन्दा अगाडिको भवनको छतमा पुग्यो र सुरक्षा निकायले किन ध्यान दिएन भन्ने विषयलाई मुख्य ‘इस्यु’ बनाइएको छ ।

सभामुख जोहन्सनले यो घटना माफ गर्न नसकिने खालको भएको बताएका छन् । उनले यस्तो अभिव्यक्ति दिनुअघि अमेरिकाको सुरक्षा कार्यान्वयन निकायका अधिकारीले तल्लो र माथिल्लो सदनका सांसदलाई उक्त हत्या प्रयासबारे ‘ब्रिफिङ’ गरेका थिए ।

यसैबीच, एबीसी न्युजले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षीय युवक थोमस माथ्यु क्रुक्सले आफ्नो फोनमा राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर सर्च गरेको पाइएको सुरक्षा अधिकारीले सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।

उनले बटलरको कार्यक्रम र डेमोर्क्र्याटिक पार्टीको अर्को महिना शिकागोमा हुने सम्मेलनको तिथि पनि सर्च गरेको पाइएको जनाइएको छ । त्यो सर्चले गोली हान्नुको उनको उद्देश्य पत्ता नलागेको सुरक्षा अधिकारीले बताएका छन् ।

हतियार राख्ने बक्स उसले जुलाई ५ मा वालमार्टमा किनेको, होम डिपोटमा गएर पाँच फुटको भर्‍याङ किनेको तर त्यो चढ्नका निम्ति प्रयोग गरेको नपाइएको र घटनास्थालमा पनि नदेखिएको सुरक्षा निकायले सांसदलाई जानकारी गराएको छ । उनी एयर कन्डिसनिङ युनिट हुँदै छतमा पुगेको समेत जानकारी गराइएको छ ।

उक्त विषयको छानबिनका क्रममा २०० अन्तर्वार्ता लिइएको र १४ हजार तस्बिर हेरिएको समेत सुरक्षा निकायले जानकारी गराएको छ । एनबीसी न्युजबाट ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro