site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा अनर २०० सिरिजका फोनको प्रिबुकिङ खुला, यस्तो छ मूल्य

काठमाडौं । नेपालका निम्ति अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनरको २०० सिरिजको प्रिबुकिङ बुधबार (आज)देखि खुला गरेको छ । कम्पनीले अनर २०० र अनर २०० प्रोलाई एआई सुविधासहित थप अपग्रेड गरी नेपाल भित्र्याएको जनाएको छ ।

के फिचर ?
फोनमा टेलिफोटो क्यामेरा र स्न्यापड्रागन चिप छ । ५० मेगापिक्सेल पोर्ट्रेट मुख्य क्यामेरा र ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा १.५ के क्वाड–कर्व्ड फ्लोटिंग डिस्प्लेमा ४००० निट्सको पीक एचडीअर ब्राइटनेस छ ।

ब्याट्री र चार्जिङ
दुवै फोनमा ५२०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । एकपटक चार्ज गर्दा ६१ घण्टा टिक्ने कम्पनीले जनाएको छ । १०० वाटको चार्जिङ सपोर्ट गर्ने फोनको अनर २०० प्रोले ६६ वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ ।

Dabur Nepal
NIC Asia

पफर्मेन्स
स्न्यापड्यागन ८एस जेन३ प्रोसेसर रहेको अनर २०० प्रोले सिमलेस ग्राफिक्स रेन्डरिङ र तीन गिगाहर्जसम्मको सीपीयू गति दिने कम्पनीले जनाएको छ । अनर २०० प्रो नेपालमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमतामा आउने कम्पनीले जनाएको छ ।

यस्तै, स्न्यापड्यागन ७एस जेन३ चिप रहने अनर २०० मा १२ जीबी र्‍याम र २५६ र ५१२ जीबी स्टारेज भेरियन्टमा उपलब्ध छ । यी दुवै फोन एन्ड्रोइड १४ र मेजिक ओएस ८.० मा चल्ने कम्पनीले जनाएको छ ।

कति छ मूल्य ? 
अनर २०० को १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको फोनको प्रतिमूल्य ६४ हजार ९९९ रुपैयाँ कायम छ । फोनको १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

अनर २०० को प्रिबुकिङमा ग्राहकले १३ हजार ९९९ रुपैयाँको अनर च्वाइस वाच एक हजार ९९९ मा पाउने सेलट्रोन नेपालले जनाएको छ । यो फोन ओसन सायन र ब्ल्याक गरी दुई रङमा उपलब्ध छ ।

अनर २०० प्रोको १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ कायम छ । यसको प्रिबुकिङमा अनर च्वाइस वाच पाँच हजार ४९९ रुपैयाँमा उपलब्ध हुने र अनर च्वाइस एयरबड्स, स्क्रिन ब्रेकेज बिमा तथा भीआईपी कार्ड प्राप्त हुने बताइएको छ ।

अनरका मोबाइल स्टोर र दराज तथा हुकुट अनलाइनमार्फत जुलाई १७ देखि २३ सम्म प्रिबुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro