site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा ट्रम्प–भान्स आउँदा के होला ? युरोपमा चिन्ता

ब्रसेल्स । डोनाल्ड ट्रम्प फेरि अमेरिकाका राष्ट्रपति बने युरोपमा कस्तो प्रभाव पर्ला ? अमेरिकाको सम्भावित सत्ता परिवर्तनका विषयमा युरोपका नेता तथा कूटनीतिज्ञले छलफल गरिरहेका छन् ।

ट्रम्पले उपराष्ट्रपतिका निम्ति ओहायोका सिनेटर जेडी भान्सलाई चुनेका छन् । यससँगै राष्ट्रपति बने युरोपमा ट्रम्पको नीति कस्तो होला भन्ने प्रश्न उठाइँदै छ । किनकि, ट्रम्पजस्तै भान्स पनि युरोपप्रति त्यति लचक मानिँदैनन् ।

युक्रेनमा रुसको हमला, सुरक्षा चिन्ता र कारोबारको मुद्दा युरोपका लागि महत्त्वपूर्ण विषय हो । यी मुद्दामा ट्रम्पको नीति राष्ट्रपति बनेपछि के होला ? युरोपको मुख्य चिन्ताको विषय हो ।

युक्रेनलाई दिइरहेको आर्थिक सहयोगको जेडी भान्सले आलोचना गर्दै आएका छन् । यो वर्ष म्युनिख सुरक्षा सम्मेलनमा उनले अमेरिकाले आफ्नो ध्यान पूर्वी एसियातर्फ केन्द्रित गर्न जरुरी रहेकामा जोड दिएका थिए । उनले भनेका थिए, “अमेरिकाको सुरक्षा नीतिले युरोपको सुरक्षा नीति कमजोर भएको छ ।”

जर्मनीका चान्सलर ओलाफ शाल्सको पार्टीका एक वरिष्ठ सिनेटर तथा जर्मनीको संसद्मा सोसल डेमोर्क्र्याटसका विदेश नीति प्रमुख निल्स श्मीडले बीबीसीसँगको कुराकानीमा भने, “मलाई भरोसा छ कि रिपब्लिकन पार्टीको सरकार बनेपछि अमेरिका नेटोमै रहनेछ । भलै, जेडी भान्स अधिक अलगथलग बनिरहेका छन् र ट्रम्प अप्रत्यासित बनिरहेका छन् ।”

यद्यपि, ट्रम्पको नेतृत्व हुने सरकारको पालामा नयाँ ‘ट्रेड वार’ सुरु हुन सक्ने उनले चेतावनी दिएका छन् ।

युरोपको डर के हो ?
युरोपेली संघका एक वरिष्ठ कूटनीतिज्ञले ट्रम्प चार वर्ष राष्ट्रपति रहिसकेकाले यसमा कुनै खराबी नरहेको बताएका छन् । उनले भनेका छन्, “ट्रम्प फेरि एकपटक सत्तामा आउने कुराको के मतलब हुन्छ, यो हामी बुझ्छौँ । यसले कुनै फरक पर्दैन, उनीसँग उपराष्ट्रपति पदमा को छन् ।”

उनले युरोपेली संघको तुलना तुफानको तयारी गरिरहेको एक डुंगासँग गरे । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “जुनसुकै कदम चालून्, आउने समयमा अवस्था कठिन नै रहनेछ ।”

बितेका दुई वर्षमा युद्धको मार झेलिरहेको युक्रेनको सबैभन्दा ठूलो सहयोगी अमेरिका हो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसै साता भनेका थिए, “ट्रम्प राष्ट्रपति बन्ने विषयमा मलाई डर छैन । मलाई अपेक्षा छ कि हामी मिलेर काम गर्नेछौँ ।”

जेलेन्स्कीले रिपब्लिकन पार्टीका अधिकांश नेताले युक्रेन र यहाँका जनताको समर्थन गर्ने विश्वास व्यक्र गरे ।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पका साझा मित्र हुन् । जोन्सन युक्रेनका निम्ति आर्थिक सहयोगको समर्थन गर्छन् । हालै जोन्सनले रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा पूर्वराष्ट्रपति ट्रम्पसँग छलफल गरेका थिए ।

त्यसबारे उनले सोसल मिडिया एक्समा लेखेका थिए, “मलाई यो कुरामा कुनै शंका छैन कि ट्रम्प त्यस देशको समर्थन र गणतन्त्रको रक्षा गर्ने मामिलामा मजबुत र निर्णायक फैसला लिनेछन् ।”

यो भावना यदि साँचो नै भए पनि जरुरी छैन कि त्यो भान्समा लागु हुनेछ । युक्रेनविरुद्ध रुसले सैन्य अभियान सुरु गरेको केही दिनअघि भान्सले भनेका थिए, “यो कुराको कुनै परर्वा छैन कि युक्रेनमा के भइरहेको छ ।”

युक्रेनलाई दिइएको ६० अर्ब डलर अमेरिकी सैन्य सहायता प्याकेजमा ढिलाइका निम्ति भान्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युरोपेली संघमा ट्रम्पका समर्थकका रूपमा हंगेरीका प्रधानमन्त्री विक्टर ओरबान छन् । उनले युरोपेली संघका नेताहरूलाई पत्र पठाएर ट्रम्प अमेरिकाको राष्ट्रपति बने शपथ लिनुअघि नै रुस–युक्रेनको शान्तिवार्ताको माग गर्ने जनाएका थिए ।

ट्रम्पको पालामा युरोपेली संघमा हुने स्टील र आल्मुनियमको आयातमा अमेरिकाले आयात कर लगाएको थियो । तर, उनीपछिको बाइडेन प्रशासनले आयात करमा रोक लगाएको थियो । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro