site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘आदिलको निलम्बन फुकुवा गर्ने कुरामा क्यान सकारात्मक छ’ 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वअलराउन्डर आदिल अन्सारीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने पक्षमा रहेको जनाएको छ । 

दुई वर्षअघि भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि आदिल क्यानबाट निलम्बित भएका थिए । तर, गत असार २१ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलमाथिको निलम्बन फुकुवा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 

उक्त बैठकले निलम्बन फुकुवा सम्बन्धमा आवश्यक निर्णयअधिकार अनुशासन समितिलाई दिने र समितिले एक हप्ताभित्र निर्णय गर्नुपर्ने जनाएको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले अनुशासन समितिबाट केही दिनमै यसबारे प्रतिवेदन आउने बताए । 

“अनुसन्धान समितिले निलम्बन कसरी फुकुवा गर्ने भन्ने सम्बन्धमा कानुनी र सम्बन्धित व्यक्तिहरूसँग समन्वय गरी प्रतिवेदन बनाएर फुकुवासम्बन्धी निर्णय गर्ने हो । हामीले एक हप्ताको म्याद भनेका थियौँ,” क्यानका प्रवक्ता छुम्बी लामाले बाह्रखरीसँग भने, “तर, यो अलि जटिल विषयवस्तु भएकाले अनुशासन समितिले अध्ययन र सम्बन्धित व्यक्तिहरूबाट प्रतिक्रिया लिने गरिरहेको छ । सम्भवतः क्यानलाई दुई–चार दिनभित्रमा अनुशासन समितिको प्रतिवेदन आउँछ होला । आदिलको निलम्बन फुकुवा गर्ने कुरामा क्यान सकारात्मक छ । उनले खेल्नुपर्छ भन्ने कुरामा दुईमत छैन ।” 

दुई वर्षअघि भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वक्रिकेटर मेहबुब आलमसँगै अन्सारीलाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले आलम र अन्सारीसँगै नितेश साह गुप्ता, नवीन कँडेल, रवी माझीलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro