site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोको जोखिमबाट बच्न यसरी गरौँ पूर्वतयारी
तनहुँमा गएको पहिरो । फाइल तस्बिर ।

काठमाडौं । मनसुन सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । नेपालमा हरेक वर्ष बाढीपहिरोबाट जनधन क्षति हुने गरेको छ ।

बाढीले बर्सेनि तराईका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा पहिरोले घर बगाउँदा मानिसहरूले ज्यान गुमाइरहेका छन् भने धेरै बेपत्ता पनि छन् ।

घर–गाउँ बाढी, पहिरो वा डुबानको जोखिममा रहेको अवस्थामा त्यसबाट बच्न तथा सम्भावित क्षति कम गर्न पूर्वतयारी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरो वा डुबानको जोखिमको पूर्वतयारीबारे उल्लेख गरेको छ ।

– नदीको जलसतहले सतर्कता तह पार गरेको सूचना आएमा अथवा केही म्यासेज आयो छ कि बेला–बेलामा मोबाइलमा चेक गर्न, दैनिक बुलेटिनमार्फत मन्त्रालयले स्थानीय रेडियोका समाचार पनि बेला बेला सुन्न आग्रह गरेको छ ।

– सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिए जस्तै सुरक्षित स्थानतिर जानुपर्ने बताइएको छ ।

– मोबाइलमा ब्याट्री र ब्यालेन्स छ छैन चेक गर्नुस् । यस्तो बेला अनावश्यक तथा लामो कुराकानी नगर्नुहोस् । ब्याट्री बचाएर, ब्यालेन्स हालेर मोबाइल आफैसँग राख्न अनुरोध गरेको छ ।

– मोबाइलमा अत्यावश्यक फोन नम्बरहरु सेभ गरेर राख्नुहोस् । बाढीबारे बुझ्न ११५५ सहयोगका लागि ११४९, प्रहरीलाई बोलाउन १०० र स्वास्थ्य समस्या भए १११५ मा फोन गर्न सकिनेछ।

– अत्यावश्यक कागजातहरू जस्तै नागरिकता, लालपूर्जा, जन्मदर्ता विवाहदर्ता, राहदानी, शैक्षिक प्रमाणपत्रहरू साथै गरगहना र नगदका साथै अत्यावश्यक औषधि, टर्चलाइट, पानी, तयारी खाजा जस्ता सामानहरू एउटा झटपट कोलामा सुरक्षित राख्न र सुरक्षित स्थानतिर जाँदै सँगै लैजान मन्त्रालयले आग्रह गरेको छ ।

450125906_794577392850218_7152822235257133306_n-1721178497.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro