site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डमा ९३ देशका नागरिकलाई ‘भिसा फ्री इन्ट्री’ 

बैंकक । थाइल्यान्डले देशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विश्वका ९३ देशका पासपोर्टहोल्डरलाई ‘भिसा फ्री इन्ट्री’को घोषणा गरेको छ । सोमबारदेखि लागु भएको यो नयाँ स्किमअन्तर्गत पर्यटकहरू सो भिसामा ६० दिनसम्म बस्न सक्नेछन् ।

यसअघि ५७ देशलाई त्यसखालको सुविधा दिइएकोमा अहिले विस्तार गरिएको हो । पर्यटन क्षेत्र थाइल्यान्डको अर्थतन्त्रको मुख्य खम्बा भए पनि कोरोना महामारीको अवस्थाबाट पूर्ण रूपमा उक्सिन सकेको छैन ।

Dabur Nepal
NIC Asia

थाइल्यान्डमा सन् २०२४ को सुरुका ६ महिनामा १७.५ मिलियन (एक करोड ७५ लाख) विदेशी पर्यटक आएको रेकर्ड पाइएको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ३५ प्रतिशत बढी हो । तर, कोरोना महामारी अघिकोभन्दा यो संख्या कम हो । 

थाइल्यान्डमा बहुसंख्यक पर्यटक चीन, मलेसिया र भारतबाट जाने गरेका छन् । भिसा फ्रि इन्ट्रीको सूचीमा नेपाल भने छैन । दक्षिण एसियाबाट भारत, माल्दिभ्स र श्रीलंकामात्र सूचीमा छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro