
काठमाडौं । चलचित्र ‘तेल भिसा’को पोस्टरमा अभिनेता विपीन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध दुई फरक लुक्समा देखिएको छ ।
पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकार देख्न सकिन्छ । सिनेमामा बुद्धि तामाङको पनि मुख्य भस्मिका रहेको छ ।
शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्रको आजबाट दोस्रो चरणको छायांकन हुँदै छ । पहिलो चरणको छायांकन केही समय अगाडि अमेरिकामा सकिएको थियो ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन छ ।
चलचित्र मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।