site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्षमै ओलीको ‘कमब्याक’, परमादेशले हटायो, गठबन्धनले ल्यायो 
SkywellSkywell

काठमाडौं । केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेका छन् ।  एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत नपाएपछि शुक्रबार संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो ।  कांग्रेस र एमालले १६६ सांसदको हस्ताक्षरसहित शुक्रबारै दाबी पेश गरेका थिए । 

७३ वर्षको उमेरमा प्रधानमन्त्री चौथोपटक नियुक्त भएका ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तय भएको छ । 

KFC Island Ad
NIC Asia

यस्तो छ विगत

ओली १७ वर्षकै उमेरमा राजनीतिक दलमा आवद्ध भएका थिए । २००८ साल फागुन ११ गते जन्मिएका ओली २०२५ सालमा राजनीतिक दलमा आवद्ध भएका थिए । ओलीले १४ वर्ष जेल जीवन बिताए । 

संसद् सचिवालयले प्रकाशन गरेको पुस्तकका अनुसार, २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेका ओली २०४४ पछि पुनः पार्टी गतिविधिमा संलग्न भएका हुन् ।

उनी २०४८, २०५१, २०५६ को संसदीय निर्वाचनमा झापाबाट निवार्चित भए । उनी ०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । त्यस्तै, गिरिजाप्रसाद कोइराला नेतृत्वका अन्तरिम सरकारमा ०६३ मा उपप्रधान एवं परराष्ट्र मन्त्री बनेका थिए । 

२०६४ साल चैतमा भएको संविधानसभाको पहिलो निर्वाचनमा ओली पराजित भए । झापा क्षेत्र नम्बर ७ मा माओवादीका विश्वदीप लिङ्देन लिम्बुसँग पराजित भएका थिए ।
 
ओली २०६५ मा भएको एमालेको आठौं महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । उनी अध्यक्षमा झलनाथ खनालसँग पराजित भएका थिए ।

नेतृत्वलाई पन्छाएर दलका नेता 

ओली २०७० सालमा झापा क्षेत्र नं. ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी नेतृत्व पन्छाउँदै उनी संसदीय दलको नेता बने । पार्टी अध्यक्षमा झलनाथ थिए ।

तेस्रो वरियतामा रहेका ओलीले दलको नेतामा खनाललाई २३ मतले हराए । निर्वाचनमा ओलीको पक्षमा ९८ मत परेको थियो भने खनालले ७५ मत पाएका थिए । उनी ०७१ सालमा भएको पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिए । प्रत्यासी माधवकुमार नेपाललाई पराजित गरेका थिए । ०७२ मा झापाबाट चुनाव जिते । 

प्रधानमन्त्रीको पहिलो कार्यकालमा नाकाबन्दीले चर्चा 

ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बने । व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । त्यतिबेला ओलीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा साना दलले समर्थन गरेका थिए ।

भारतीय नाकाबन्दीविरुद्ध लिएको अडानले निकै चर्चा पायो । २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको थियो । भारतीय नाकाबन्दीका कारण उर्जा संकट सामना गर्नुपर्यो ।

ओलीले खुलेर नाकाबन्दीको विरोध गरेका थिए । भारतले नाकाबन्दी नखोलेसम्म भ्रमण नगर्ने अडान लिएका थिए । नाकाबन्दी खोलेपछि मात्रै उनी भारत भ्रमणमा गएका थिए । 

ओलीले आफ्नो कार्यकालमा चीनसँग इतिहासमा नेपालको तर्फबाट व्यापार तथा पारवाहन सन्धि गरे । ०७२ चैत ८ चीन भ्रमणका क्रममा ओली र उनका समकक्षी लि खछ्याङबीचमा व्यापार तथा पारवाहन सन्धि भएको थियो । 

ओलीले २०७३ साउन ९ गते संसद्मा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । 
सरकारलाई साथ दिएको माओवादीले ०७३ असार २९ सरकारबाट समर्थन फिर्ता लिएपछि र २०७३ असार ३० मा पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेको ओलीले राजीनामा दिएका थिए ।  

सदन विघटन, पार्टी एकता र छिन्नभिन्न

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनानी गठबन्धन बन्यो । पहिलो दल बनेको एमाले माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बने ।  ओली ०७४ फागुन ३ गते प्र्रधानमन्त्री नियुक्त भएका थिए ।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता बन्यो । ओली झण्डै दुईतिहाई बहुमत नजिकका प्रधानमन्त्री बने । 

तर, उनको दोस्रो कार्यकाल संसद् विघटनका कारण विवादित बन्यो । संवैधानिक परिषद्सम्बन्धी ऐन, पार्टी विभाजनसम्बन्धी अध्यादेशका कारण ओलीले निकै आलोचना बेहोनुपरेको थियो । ०७७ जेठ ३१ गते सदनबाट भारतबाट मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो । उक्त नक्सा जारी गरेको विषयले भने चर्चा बटुलेको थियो । 

तत्कालीन नेकपाभित्रको किचलोका कारण ओलीले सदन विघटन गरेका थिए ।  ०७७ पुस ५ गते सदन विघटन गरेर ०७८ वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन आह्वान गर्ने निर्णय गरे । उक्त निर्णय सदर गर्दा तत्कालीन राष्ट्रपति विद्या भण्डारीले पनि आलोचना बेहोर्नुपर्‍यो ।

सदन विघटनविरुद्ध तत्कालीन नेकपाको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सडकमा पुगेको थियो ।  पार्टीभित्रको गुट र शक्ति संघर्षमा संसद् विघटन गरिएको ओलीले स्वीकार गर्दै आएका छन् । संसद् विघटन गर्ने ओलीको पहिलो निर्णय २०७७ फागुन ११ मा सर्वोच्च अदालतले बदर गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । सदन पुनर्बहाली गर्न र संसद्को बैठक १३ दिनभित्र आह्वान गर्न आदेश गरेको थियो ।

विवादमा रुमल्लिएको नेकपा ०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विभाजित बन्न पुग्यो । ओली र प्रचण्ड–नेपाल समूहमा राजनीतिक रुपमा भने पहिले नै विभाजित भएको थियो । 

नेकपा नाम विवादमा सर्वोच्च अदालतले ऋषिराम कट्टेललाई वैधानिकता दिन निर्वाचन आयोगलाई आदेश जारी गर्‍यो । सोही फैसलका कारण एमाले र माओवादी पूर्ववतः अवस्थामा फर्कियो । दुई पार्टीको हैसियत पूर्र्वअवस्थामा फर्किए पनि एमालेभित्रको विवाद कायमै रह्यो । 

माओवादीले २०७७ फागुन २९ मा आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता गर्‍यो । २०७८ वैशाख २२ मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो । अल्पमतमा परेपछि ओलीले ०७८ वैशाख २७ मा विश्वासको मत लिए ।

प्रतिनिधिसभमा खसेको २३२ मतमध्ये ओलीले ९३ मत मात्र प्राप्त गरे ।  ओलीले विश्वासको मत लिँदा एमालेका माधव नेपाल, झलनाथ खनासहित २८ जनाले संसद् बहिस्कार गरेका थिए । विश्वासको मत नपाउँदा ओली सरकार ढलेको थियो । 

फेरि संसद् विघटन !

ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भयो । अरु दलले बहुमत पुर्‍याउन सकनेन् । राष्ट्रपति भण्डारीले ०७८ वैशाख ३० गते अल्पमतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

सोही कार्यकालमा ओलीले फेरि सदन विघटनको निर्णय गरेका थिए ।  ओलीले ०७८ जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे । उनले कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

ओलीको दोस्रो विघटन पनि सर्वोच्च अदालतले असंवैधानि ठहर गर्‍यो । ०७८ असार २८ गते अदालतले विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । ओली पदमुक्त भए । 

संयोग नै हुनुपर्छ, तीन वर्षअघि असार २८ गते पदमुक्त निम्ति घोषित ओली ०८१ असार २८ मा चौथोपटक प्रधानमन्त्री बन्न दाबी पेश गरे । ओली त्यतिबेला असार ३० गते बालुवाटार छाडेर बालकोट सरेका थिए । 

ओली तीन वर्षपछि अर्थात् ०८१ असार ३० गते प्रधानमन्त्री बनेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro