
काठमाडौं । उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष रहेको आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्काे साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्तालगायत छन् ।