site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसी सरकारले गर्‍यो खेलकुद पत्रकार र खेलाडीलाई सम्मान

विराटनगर । कोसी प्रदेश सरकारले पत्रकारसहित हालै सम्पन्न अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदकप्राप्त खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने २०० जनालाई सम्मान गरेको छ ।

कोसी प्रदेश खेलकुद बोर्डले आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नवीन अर्याल, किशोर बुढाथोकी, चुमन बस्नेत, पुष्पराज थपलिया, भूमिका पाख्रिन र भूमिराज पराजुलीलाई नगदसहित सम्मान गरियो ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गरे । त्यस अवसरमा कार्कीले क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल भए पनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलिबलजस्ता अन्य खेलकुदका विधाहरूमा सोचे जसरी विकास हुन नसकेको बताए ।

“राज्यको पुनर्संचनासँगै अहिले स्थानीय, प्रदेश र संघबाट खेलकुदको विकासका लागि केही पहल र प्रयत्नहरू भएका छन्,” उनले भने, “यद्यपि, खेलकुदको विकासका लागि तिन तहबीच समन्वयात्मक पहल भने हुन सकेको छैन । यस कारणले पनि खेल क्षेत्र पछाडि परेको महसुस भएको छ ।”

कार्कीले कोसी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको प्रदेशस्तरीय रंगशाला बनाउने, विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इन्डोर र आउटडोर खेलका संरचनाहरू विराटनगरमा निर्माण गरिने तयारी भइरहेको सुनाए ।

उनले झापामा आदिवासी जनजाति रंगशाला निर्माण गरेर अन्तर्राष्ट्रिय खेलकुदको थलोको रूपमा विकास गर्न नेपाल सरकारसँग आवश्यक पहल भइरहेको बताए ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro