site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो 

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro