वाशिङ्गटन । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट प्रतिबन्धबाट हटाएको छ ।
६ जनवरीमा अमेरिकी राजधानीमा भएको हमलाको समर्थकको प्रशंसा गरेकोमा पूर्व राष्ट्रपतिको फेसबुक र इन्स्ट्राग्राम एकाउन्टमा प्रतिबन्ध लागेको थियो । दुवै एकाउन्ट २०२१ मा प्रतिबन्धित भएका थिए । मेटाको एक ब्लगमा जनाइएअनुसार सबै प्लेटफर्ममा ट्रम्पका ६ करोड भन्दा बढी फलोअर्स छन् ।
उनका एकाउन्ट २०२३मा बहाल गरिएकोमा त्यसपछि पनि ती एकाउन्ट अतिरिक्त निगरानीमा भएकोमा त्यो निगरानी पनि अब हटाइएको जनाइएको छ । मेटाका अनुसार राजनीतिक अभिव्यक्तिको अनुमति दिनु उसको जिम्मेवारी हो ।
अमेरिकी राष्ट्रपतिको उम्मेदवारलाई सुन्नका लागि समान मौका मिल्नु जरुरी रहेको जनाउँदै फेसबुक र इन्स्टाग्राम उपयोगकर्ता समान सामुदायिक मानकको अधिनमा रहने तथा घृणा फैलाउने भाषण र हिंसालाई उक्साउने कुरामा रोक लगाउने नीतिपनि सामेल भएको जनाइएको छ । बीबीसीबाट