site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बीवाईडी एट्टो थ्रीको नयाँ संस्करण : ५६५ किलोमिटर रेन्ज, ३५ मिनेटमै ८० प्रतिशत चार्ज
SkywellSkywell

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड बीवाईडीको नयाँ विस्तारित रेन्जको बीवाईडी एट्टो थ्री सार्वजनिक भएको छ । कम्पनीले यो गाडी सिंगापुरमा बेस्ट सेलिंग कार बनेको बताएको छ ।

यसले १०.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको गति दिने कम्पनीले जनाएको छ । १०० किलोवाटको मोटर रहेको गाडीको ब्याट्री ३५ मिनेटमै २० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

Dabur Nepal
NIC Asia

एक्सटेन्टडेड रेन्ज अथवा विस्तारित दायराको बीवाईडी एट्टो थ्री ई प्लेटफर्म ३.० मा बनेको कम्पनीले जनाएको छ ।

एकपटक चार्ज गर्दा गाडीले ५६५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

गाडीमा एलईडी लाइट र १५.६ इञ्चको घुम्ने टचस्क्रिन छ । बीवाईडी एपबाट गाडीको सबै अवस्थाको जानकारी लिन सकिने कम्पनीको भनाइ छ । यो गाडी चाँडै नेपालमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu