site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डेढ वर्षमा पाँचपटक विश्वासको मत, प्रचण्डले कहिले कति मत पाए ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत पाएनन् । प्रधानमन्त्री नियुक्त भएको १८ महिनामा पाँचौंपटक विश्वासको मत लिँदै गर्दा असफल भएका हुन् ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । एमालेले प्रचण्डसँग सहकार्य तोड्दै अब कांग्रेससँग सत्ता गठबन्धन गर्दैछ ।

प्रतिनिधिसभा शुक्रबार विश्वासको मत प्राप्तिका निम्ति प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावको पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो । र, तटस्थमा एक मत परेको थियो । उनको पक्षमा आफ्नै पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी उभिएका थिए । 

Dabur Nepal
NIC Asia

यसअघि पक्षमा उभिएका दलहरुले उनलाई साथ दिएनन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल, जनता समावादी पार्टी, जनमतलगायतका दल विपक्षमा उभिए । 

कांग्रेस–एमालेबीच गत असार १७ गते सत्ता समीकरणको सहमति गरेपछि एमाले, जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री फिर्ता बोलाए । तिनले समर्थन फिर्ता लिएपछि प्रचण्डले आज विश्वासको मत मागेका थिए । 

यस्तो थियो, समर्थनको घट्दो ग्राफ 

तत्कालीन नेपाली कांग्रेससहितका दलको चुनावी गठबन्धन छाडी प्रचण्ड ०७९ पुस १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेसले प्रधानमन्त्री दिन अस्वीकार गरेपछि उनी एमालेसहितका ७ दलको साथमा प्रधानमन्त्री बनेका थिए । उनले सदनमा पहिलोपटक पुस २५ गते विश्वासको मत लिए । 

त्यतिबेला प्रचण्डले २६८ सांंसदको विश्वास पाएका थिए । अर्थात् उनको समर्थनमा प्रतिनिधिसभाको ९७.४५ प्रतिशत सांसद थिए । त्यतिबेला गठबन्धन तोडे पनि कांग्रेससहितका दलले प्रचण्डलाई विश्वासको मत दिएका थिए । 

एमाले बाहिरियो, कांग्रेस प्रवेश

एमालेसँगको त्यो गठबन्धन दुई महिनामात्रै टिक्यो । राष्ट्रपतिको विषयमा ‘कुरा नमिल्दा’ प्रचण्डले एमालेसँगको गठबन्धन तोडे र फेरि कांग्रसेसँगै जोडिए । एमालेसहितका दलले समर्थन फिर्ता लिएपछि दोस्रोपटक २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला उनको पक्षमा १७२ मत परेको थियो । विपक्षमा ८९ सांसद रहे । एक सांसद तटस्थ बसेका थिए । उनले पहिलो पटक प्रधानमन्त्री हुँदाको विश्वास कायम राख्न सकेनन् । उनको समर्थन घट्यो । 

फेरि एमालेसँग मिल्दा

तेस्रोपटक विश्वासको मत लिँदा ग्राफ झनै ओरालो लाग्यो । उनकै भाषामा ‘उथलपुथल भइरहँदा’ १५ महिनाको अवधिमा तेस्रोपटक विश्वासको मत लिनु परेको थियो । राष्ट्रपतिको विषयले बनेको गठबन्धन राष्ट्रियसभा अध्यक्षको चुनावअघि भत्कियो ।
 
उनले कांग्रेसलाई आकस्मिक शैलीमा धोका दिँदै एमालेसँग गठबन्धन बनाए । उनले २०८० फागुन ३० गते विश्वासको मत लिए । उनको प्रचण्डको पक्षमा १५७ सांसद उभिएका थिए । विपक्षमा ११० मत परेको थियो । १ सांसद तटस्थ रहेका थिए ।

मार्शल लगाएर चौथोपटक

प्रधानमन्त्री बनेको १७ औं महिनामा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका थिए । उनले प्रतिपक्षी कांग्रेससहितको विरोधकाबीच मार्शल लगाएर विश्वासको मत लिए ।

तेस्रो पटकको विश्वासको मत लिँदा प्रधानमन्त्रीको विपक्षमा उभिएको जनमत पार्टी भने पक्षमा उभियो । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आठ दिन नहुँदै प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए ।
 pm-marshal-1716188712.jpg

गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा छानबिनको माग राख्दै कांग्रेस विरोधमै रहँदा विश्वासको मत लिएका थिए । मार्शल लगाएर लिइएको विश्वासको मतको पक्षमा १५७ सांसद उभिएका थिए, भने एक सांसद तटस्थ बसेका थिए ।

तेस्रोपटक विश्वासको मत लिँदा पनि पक्षमा १५७ मत नै परेको थियो । अर्थात् उनले तेस्रो र चौथोपटक विश्वास संख्याका हिसाबले कायम राखेका थिए । जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए । 
 
२०८० फागुन २७ गते सरकारमा सामेल भएको जसपा नेपाल २०८१ वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो । सात सांंसदले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि जसपा नेपालले समर्थन फिर्ता लिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu